You are viewing the translated version of पेठारीको लागि स्वीकृति माग गर्ने.

Section 5
पेठारीको लागि स्वीकृति माग गर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐनको दफा १४ को उपदफा (१) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्नु“ पर्ने भएमा अनुसूची-७ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
(२) प्रचलित कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनको लागि तेजाब वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भई पैठारी गर्नु पर्ने भएमा ऐनको दफा १४ को उपदफा (४) बमोजिम पूर्व स्वीकृतिको लागि अनुसूची-८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनु पर्नेछ।